भिजन लुम्बिनीको आईपीओ २ लाख बढिले पाए, साढे ९ लाखको हात खाली
प्रकाशित मिति
२०८० मंसिर ५ गते, मंगलवार ११:०२

मंसिर ५, २०८० काठमाडौँ: भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यलयमा मंगलबार बिहान आईपीओ बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा कुल २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकहरुले सेयर हात पारेका छन् । जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।
कम्पनीको आईपीओमा आवेदन गर्ने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ। कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकामा ४ हजार ६०२ जनाको आवेदन रद्द भएकोे छ ।
योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयरबाट आईपीओको नतिजा हेर्न सकिने छ ।
प्रतिकृया