• 8:00 am

फेरि भूकम्पको धक्का

प्रकाशित मिति

२०८० मंसिर ४ गते, सोमबार १२:३८

मंसिर ४, २०८० काठमाडौँ: बझाङमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।


बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो । गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्पको गएको थियो । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जानकारी गराएको छ ।

प्रतिकृया