ज्ञानि छोरो म ,नामक बालगितको भिडियो सार्बजनिक
प्रकाशित मिति
२०८० मंसिर २ गते, शनिबार ०९:३६

मंसिर २, २०८० काठमाडौँ: बहु चर्चित बालकलाकार सचिन परियारले अभिनय गरेको बाल गित सार्बजनिक भएकोछ।”ज्ञानि छोरो म “नामको बालगित Bishnumaya poudel युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो।आरबि केसिले निर्माण/निर्देशन गरेको गितमा बालगायक विशेष न्यौपाने ,बालगायिका आयुश्मा थापाले गाएकाछन । उनीहरुले मोड्लिङ समेत गरेकाछन।लोकप्रिय गायिका बिष्णुमायाको पौडेल र आरबी केसिको स्वर समेत रहेकोछ । कोडियोग्राफ भने दिनेश पाख्रीनले गरेकाछन।
गायिका पौडेललाई सचिन परियारसग भिडियोमा देख्न सकिन्छ । मुख्य कलाकारमा सचिन परियार र अबिप्सा लम्साल देख्न सकिन्छ ।ममता बजगाइ,टीका दुलाल ,मिङमा तामाङ र दिल बहादुर थापाले आमाबुबाको भुमिकामा आफ्नो कला प्रस्तुत गरेकाछन।खासगरी अधिकाम्स सुटिङ सातदोबाटो स्थित चुडामणि दहालको घरमा गरिएको भएपनी ज्ञानकुन्ज बिध्यालय ,तक्षशिला बिध्यालयका बिद्यार्थी र गुरुहरुलाई समेत देखाइएकोछ।उदाउदै गरेको सुर्यको तस्बिर भने चितवनबाट लिएको दृश्य समाबेश गरिएकोछ।गितको शब्द ,लय मन छुने खालको छ भने बालबालिकालाई सस्कारको साथमा कर्म गर्न सिकाइएकोछ।
लामो समयको बिचमा ल्याएको यस्तो बालगीतले बालबालिका ,अभिभावक र गुरुको भावना समेटेकोछ।यस गितलाइ आम दर्शकले रुचाउँछन् भन्ने बिश्वास निर्माणपक्षले लिएकोछ।शब्द चुडामणि दहालको रहेकोछ,संगीत बिष्णुमाया पौडेलको गरेकी हुन भने थेगो आरबि केसिको रहेकोछ।गितको रेकर्ड Wave recording स्टुडियोमा गरिएको थियो,एरेन्जर रामकृष्ण थापा,मास्टरिङ/मिक्सिङ नरेन्द्र बियोगीले गरेका हुन भने भिडियो इडिटिङ/कलरिङ टेकेन्द्र शाहले गरेकाछन।उक्त गीत भिडियो निर्माणमा काठमाडौ वल्ड स्कुल ,भक्तपुर र प्रभु इन्स्योरेन्सले सपोर्ट गरेको छ।
प्रतिकृया