• 3:39 pm

कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार ०४:१८

मंसिर १, २०८० काठमाडौँ: नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कँडेललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन् ।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कँडेल कांग्रेस केन्द्रिय सदस्य हुन् ।

प्रतिकृया