• 9:48 am

संसदको काम प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार छः विष्णु पौडेल

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०१:१७

कात्तिक १६, २०८० काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सररकारले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको बताएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकलाई संबोधन गर्दै पौडेलले सरकार संसद प्रभावकारी हुन्छ कि भनेर आत्तिएको बताए।


‘७ महिनासम्म चलेको सदन जति प्रभावकारी र उपलब्धीपूर्ण हुन पर्ने हो, त्यति हुन सकेन,’ पौडेलले भने, ‘यो सदनको काम प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार छ।’


उनले सदनमा प्रतिपक्षीले बोलेको कुरा सरकारले नसुनेको बताए।


‘प्रतिपक्षीले बोलेको सरकारले सुनेनन,’ पौडेलले भने, ‘हाम्रो सामुन्ने तथ्य जगजाहेर छ जायज माग उठाउन प्रतिपक्षीले आवाज उठाएरमात्रै पुगेन वेल पनि घेराउ गर्नुपर्ने भयो।’ उनले संसदमा आफूहरुले आवाज उठाएकै कारण सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्न समिति बनाउन बाध्य भएको बताए।

प्रतिकृया