• १२:१३ २०८० फाल्गुन १३ गते
  • 12:13 pm

हाना सिंगरले गुटेरेसलाई दिइन् द्वन्द्वपीडित संघसंस्थाका मागहरु

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार १०:५४

hana

कात्तिक १५, २०८० काठमाडौँ: नेपालस्थित राष्ट्रसंघीय मिसन प्रमुख हाना सिंगरले द्वन्द्वपीडितका मागहरु समेटिएको मागपत्र नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलाई हस्तान्तरण गरेकी छिन् । हानाले मागपत्र हस्तान्तरण गरिएको सन्देश र फोटो सार्वजनिक गर्दै विभिन्न संघसंस्थाका तर्फबाट प्राप्त मागहरु हस्तान्तरण गरिएको बताएकी छिन् ।


नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित छलफलको केन्द्रमा द्वन्द्वपीडितका माग र प्राथमिकताहरु रहेको पनि हानाको भनाई छ ।


माओवादी शसस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार हननका घटनाका दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति एवं मेलमिलापका नाममा पीडितलाई थप पीडा दिन नहुने भन्दै विभिन्न संघसंस्थाले भेटेरै महासचिव गुटेरेसलाई ध्यानाकर्षण गराउन माग गरिआएका थिए ।


तर सरकारले महासचिव गुटेरेससँग उनीहरुलाई प्रत्यक्ष भेट्न दिएको थिएन ।

प्रतिकृया