• १०:३३ २०८० फाल्गुन १३ गते
  • 10:33 am

नेपालले पहिलो विकेट गुमायाे

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०३:४२

kusal

कात्तिक १४, २०८० काठमाडौँ: नेपालले ४९ रनको अवस्थामा पहिलो विकेट गुमाएको छ। विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल पवनदिप सिंहको बलमा २५ बलमा ४३ रन बनाएर आउट भए। भुर्तेलले आफ्नो इनिङमा समान ४ चौका र छक्का प्रहार गरे।


अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन्। आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग जितका लागि १ सय ६६ रनको लक्ष्य पाएको छ।


टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो। मलेसियाका लागि ओपनर शैयद अजिजले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले। उनले ४९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाएका थिए।


त्यस्तै, अहमद जुबैदीले १६ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। थप दोहोरो स्कोरका रुपमा शर्भिन मुनिन्दाले १३ रन बनाउँदा विजय युनी १३ रनमा अविजित रहे।


नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए।

प्रतिकृया