• १०:१७ २०८१ बैशाख ४ गते
  • 10:17 am

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा, साढे ८ करोड बिगोदाबी

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार १२:४३

mahara1

असोज २४, २०८० काठमाडौँ: सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।


महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निमा भने फरार छन् । उनीहरूविरुद्ध भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको हो ।


उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिकृया