• ११:२५ २०८१ बैशाख ४ गते
  • 11:25 am

स्वीजरल्याण्डकी नवनियुक्त राजदूत र प्रधानमन्त्रीबिच भेट

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार १२:५१

prachanda swich 9MRiRzYTvi scaled e1697007244359

असोज २४, २०८० काठमाडौँ: नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत मेउली बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।


प्रधानमन्त्रीको सचिवालय अनुसार आजको भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो । यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।

प्रतिकृया