• ११:२७ २०८१ बैशाख ४ गते
  • 11:27 am

सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ११:०९

ipov e1680757040842

असोज २४, २०८० काठमाडौँ: सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।


बाँडफाँटपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ। यसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । उक्त आइपिओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकोमा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।


कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरूका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।


त्यस्तै, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।


साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिकृया