• ०५:५२ २०८१ बैशाख ७ गते
  • 5:52 am

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ०९:०५

oli e1696994420556

असाेज २४, २०८० जनकपुरधाम : नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।


उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

प्रतिकृया