• ०९:१० २०८१ बैशाख ४ गते
  • 9:10 am

मोटरसाइकल चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०३:४४

387550681 824363342809268 7852045515022128969 n e1696931956475

असाेज २३, २०८० काठमाडौं : मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको भोटेवहालबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ बस्ने ४० वर्षीय मुन्ना सारु मगरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


बागमती प्रदेश ०२-०३८ प ०३ २५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौँको मननोहन अस्पतालको पार्किङबाट हिजो (आइतबार) हराएको  भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्‍त भएको थियो ।


वास्तविक नम्बर परिवर्तन गरि लु९३ प ६७२९ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न मगरलाई भोटेवहालबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त स्वयम्भु पठाइएको छ ।


आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो  ।


सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । 

प्रतिकृया