• ०५:२० २०८१ बैशाख ७ गते
  • 5:20 am

प्रधानमन्त्री प्रचण्डले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग गरे कुरा

प्रकाशित मिति

२०८० आश्विन २२ गते, सोमबार ०३:५६

387518306 336044568824928 686018678724731991 n

असोज २२, २०८० काठमाडौं : प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्।


कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्।


उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए। उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे।

प्रतिकृया