
असाेज २१, २०८० काठमाडौं : दशैं तिहारको लागि नयाँ नोट साट्ने प्रक्रिया सुरु गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले सधै जसो यस वर्ष पनि दशैं तिहारको लागि नयाँ नोट साट्ने प्रक्रिया सुरु गर्ने भएको हो।
चाडबाडको लागि नयाँ नोट सटही प्रक्रिया असोज २९ गतेबाट सुरु हुने बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइनेछ।
राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइने जनाइएकाे छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको सङ्ख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको जनाएकाे छ।
प्रतिकृया