इजरायल घटनापछि परराष्ट्र मन्त्रीकाे नेतृत्वमा सरकारले बनायो समन्वय संयन्त्र

प्रकाशित मिति

२०८० आश्विन २१ गते, आईतवार ०१:५०

Screenshot 2023 10 08 131324 1696750127

असाेज २१, २०८० काठमाडौं : इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूका स्थिति जानकारी लिन सरकारले संयन्त्र बनाएको छ। परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा समन्वय संयन्त्र बनाइएको हो।


आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको उपस्थितिमा बसेको बैठकले समन्वय संयन्त्र गठन गरेको परराष्ट्र मन्त्री साउदले प्रतिनिधि सभा बैठकमा जानकारी गराए।


‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र बस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने भए गर्ने, समन्वय तथा सहयोगलगायत कार्य गर्नेछ,’ मन्त्री साउदले भने।


इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र र सम्पर्क परिचालन गरेको उनले बताए। नेपालीहरूको उद्धारका लागि त्यहाँ रहेको दूतावासलाई आग्रह गरिएको पनि उनले जानकारी दिए।


इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताएका छन्।

प्रतिकृया