• 7:51 pm

प्रधानमन्त्रीकाे जातीय नाराले राजनीतिको दियो नबल्ने महेश बस्नेतकाे चेतावनी

प्रकाशित मिति

२०८० आश्विन २१ गते, आईतवार ०१:४६

असाेज २१, २०८० काठमाडौं : नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जातीयताको नाराले राजनीतिको दियो नबल्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयाेजन गरेकाे कार्यक्रमा बाेल्दै उनले यस्ताे बताएका हुन ।


उनले अन्तर्राष्ट्रिय मिसन र शक्तिको आडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जातीय तथा धार्मिक द्वन्द्वको नेतृत्व गरिरहेको आरोप लगाएका छन् ।


स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगरपालिकाले आज आयोजना गरेको फुटसल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डको इसारामा कोशी प्रदेश, तराई तथा नेपालगञ्ज लगायतका ठाउँहरुमा जातीय तथा धार्मिक सद्भाव भड्किरहेको भन्दै आक्रोस जनाउनुभयो । अन्तर्राष्ट्रिय केही राष्ट्रहरु नेपालमा विभिन्न प्रकारका उच्छ्रीङ्खल गतिविधिहरु गरी आफ्नो उपस्थिती जनाउने तथा नेपाललाई अशान्तिको देशको रुपमा स्थापित गराउने खेलमा लागिरहेको उल्लेख गर्दै नेता बस्नेतले सोही मिसनमा प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरिरहेको आरोप लगाउनुभयो । कोशी प्रदेशमा आफ्नो पार्टीले बहुमत पाए प्रदेशको नाम पहिचनाको आधारमा राख्ने उद्घोष गरेर प्रधानमन्त्री प्रचण्डले जातीय तथा धार्मिक सद्भाव भड्कीएको उल्लेख गर्दै नेता बस्नेतले जनताबाट तिरस्कृत बनेको माओवादी र जातीयताको नाराले राजनीतिको दियो नबल्ने चेतावनी दिनुभयो । सामाजिक सद्भाव र एकताको माध्यबाटमात्र समाज रुपान्तरण सम्भव रहेको उल्लेख गर्दै नेता बस्नेतले जातजाती, धर्मसंस्कृति र परम्पराको नाममा राजनीति गर्नु नहुने उल्लेख गर्नुभयो । प्रचण्डले विभिन्न राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको विरुद्धमा अभिव्यक्ति दिई जनताको आखाँमा कसिङ्गर लगाईरहेको भन्दै नेता बस्नेतले आक्रोस जनाउनुभयो ।


२८ वटा टीमले सहभागिता जनाएको प्रतियोगितामा स्पोर्ट एरिना टीम विजेता बनेको छ । भने हिम शिखर टीम उपविजेता बनेको छ । विजेताले ५१ हजार रुपैंया तथा उपविजेताले ३१ हजार रुपैंयासहित मेडल प्राप्त गरेका छन् ।

प्रतिकृया