• 4:24 am

सोनापुर मिनरल्सको आईपीओ आजदेखि निष्काशन खुला

प्रकाशित मिति

२०८० आश्विन १४ गते, आईतवार ११:१०

असोज १४, २०८० काठमाडौँ: सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आज असोज १४ गते आइतबारदेखि १७ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।


सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ७३ हजार २ सय ५० जनाले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ता पाउने छन् । सेबोनबाट कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपियाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपियाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।


पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाहरुका लागि रु. १०० अंकित मूल्यमा रु. १२५ रुपियाँ प्रिमियम थप गरी प्रतिशेयर रु। २२५ रुपियाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो ।


उक्त शेयरमा स्थानीय बासिन्दाहरुले १ लाख ३४ हजार ५ सय २० कित्ताका लागि मात्र आवेदन दिएका थिए र रीतपूर्वक आवेदन दिएका शेयर बाँडफाँट गरिसकेको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५ सय ६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता बाँडफाँट गरिसकेको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी दिएको छ ।

प्रतिकृया