सेल्सबेरीको अन्तर्राष्ट्रिय स्तरको भवनमा कारोबार शुरु
प्रकाशित मिति
२०८० आश्विन ५ गते, शुक्रबार ०५:२९
गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मूलमन्त्र बनाई विगत ३० वर्ष देखि चैन डिपार्टमेण्टल स्टोरका रुपमा संचालित सेलवेज गु्रप अन्तर्गत रही सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत ९ वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार व्यवसाय संचालन गर्दै आइरहेको छ । सन २०२० सम्म १०० ओटा शाखा विस्तार गरी ३,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सुजना गर्ने लक्ष्य लिएको यस सेल्सबेरीले आफ्नो व्यवसाय संग सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरेको छ । देशले समय समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोग मार्फत राज्यसँग हातेमालो गर्दै आएको छ । यसै क्रममा यस सेल्सवेरीले महाराजगंज, काठमाडौ तथा चिप्लेढुंगा पोखरामा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवनमा मिति १२ आश्विन २०८० देखि आफ्नो शाखालाई विश्व स्तरिय रुपमा संचालन गर्न गई रहेको छ ।
उक्त अत्याधुनिक भवनहरु मार्फत ग्राहकवर्गहरुको लागि उत्कृष्ट स्तरको किनमेल, बाल मनोरन्जनका सुविधा , स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको वल्र्ड क्लास रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मुल्यमा उपलब्ध गरि ग्राहकवर्गहरुको विश्वास जित्नेमा यस कम्पनी विश्वस्त रहेको छ । उक्त अत्याधुनिक भवनहरु सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउँदा देशको अर्थव्यवस्थामा टेवा पुरयाउनको कोषे ढुंगा सावित हुन सक्छ भन्ने विश्वास सेल्सबेरीले लिएको बताएको छ ।
यहि असोज महिनामा यस कम्पनीले आफ्नो ३०औं वर्ष सफलताका साथ पार गरेको सुखद उपलक्ष्यमा हाल संचालनमा रहेको ३२ वटा शाखा तथा छिटै सम्मानसमा आउने थप ४ वटा नयां शाखा मार्फत विभिन्न आकर्षक विक्रि योजनाहरु (offer and schemes) ग्राहक महानुभावहरु समक्ष ल्याउन लागि रहेको जानकारी गराएको छ ।
आफ्नो विगत ३० बर्ष देखिको व्यवसायिक यात्रामा आ–आफनो क्षेत्रबाट सहयोग गरी हातेमालो गरिदिनु भएका सम्पुर्ण सरोकारवालाहरू ग्राहकवर्ग, आपुर्तिकता, वित्तिय संस्था, नेपाल सरकारका सम्बन्धित निकाय, संचार माध्यम तथा कर्मचारीहरु सबैलाई सेल्सबेरी हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहेको प्रेस विज्ञप्तिमा बताएको छ ।
प्रतिकृया