• 3:40 am

शिक्षक महासंघको आन्दोलन : माइतीघरदेखि बानेश्वरसम्म ठप्प

प्रकाशित मिति

२०८० आश्विन ३ गते, बुधबार ०१:५५

असोज ३, २०८० काठमाडौं : देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार र्याली गरेको छ।महासंघले आज माइतीघर मण्डलादेखि सुरु गरेको र्यालीले माइतीघरदेखि बानेश्वरसम्म यातायात ठप्प भएका छन्।


सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलन गर्ने जनाएको हो ।


संसदमा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघले आन्दोलन गरेको हो।


सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन्। शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।


विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।


उक्त र्यालीका कारण यातायात एवम् मानिसको दैनिकी प्रभावित बनेको छ।

प्रतिकृया