नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा सुवासचन्द्र नेम्वाङको निधनमा भावपूर्ण श्रद्धाञ्जली
प्रकाशित मिति
२०८० भाद्र २६ गते, मंगलवार ०१:५८

भदौ २६, २०८० काठमाडौँसंविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज भएको आकस्मिक र असामयिक निधनले आफूलाई स्तब्ध बनाएको देउवाले बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका साथै लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा उहाँले पु-याउनु भएको महत्वपूर्ण योगदान र सहकार्य सधैं अविस्मरणीय रहनेछन् ।
उहाँको अवसानबाट आफूले एक असल मित्रलाई गुमाएको र मुलुकले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अनुभवी नेता तथा शीर्ष राजनीतिज्ञलाई गुमाएको बताएका छन् । उहाँको निधनले समन्वय र सहमतीय संस्कृतिको नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
साथै यस दुःखद घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ नेकपा (एमाले) पार्टीपंक्ति र उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र नेपाली कांग्रेसको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिकृया