माण्डु हाइड्रोको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका
प्रकाशित मिति
२०८० भाद्र २४ गते, आईतवार १०:४७
भदौ २४, २०८० काठमाडौँ: माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो। फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले आइपीओ निष्कासन गरेको हो ।
आइपीओको नतिजा हेर्नका लागि लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सक्नेछन् । यसका साथै माण्डुको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
प्रतिकृया