परीक्षा व्यवस्थापन चुस्त राख्न पूर्वान्चल विश्वविद्यालय, PUCAN र मिडास एजुकेसन प्रालिबीच त्रिपक्षीय सम्झौता
प्रकाशित मिति
२०८० भाद्र १९ गते, मंगलवार ११:०७

भदौ १९, २०८० काठमाडौँ: पूर्वान्चल विश्वविद्यालय परीक्षा व्यवस्थापनलाई चूस्त दुरुस्त राखी Online Exam Registration System Education लागू गर्नको लागि पूर्वान्चल विश्वविद्यालय, PUCAN र मिडास एजुकेसन प्रा. लि. बीच त्रीपक्षीय सम्झौता सम्पन्न भएको छ । पूर्वान्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयका डेपुटी कण्ट्रोलर मेनुका श्रेष्ठ, PUCAN का अध्यक्ष शम्भू कुमार दाहाल र मिडास एजुकेसनका प्रतिनिधिले उक्त सम्झौता पत्रमा दस्तखत गर्नुभएको थियो ।
पूर्वान्चल विश्वविद्यालयलाई पूर्णरुपमा स्वचालित बनाउदै लैजाने क्रममा गत बर्षदेखि प्रवेश परीक्षा अनलाइन फाराम भराउन शुरु गरिसकेको र यसै क्रमलाई निरन्तरता दिन यस शैक्षिक सत्रदेखि विद्यार्थीको सबै परीक्षा फारामहरु अनलाइन भराइ परीक्षा र नतिजा शैक्षिक क्यालेन्डर बमोजिम गर्न गराउन सहजीकरण हुने डेपुटी कण्ट्रोलर मेनुका श्रेष्ठले जानकारी गराउनुभयो ।
परीक्षा र रिजल्ट समयमा नहुदा विद्यार्थीलाई परेको मर्कालाई बिचार गरी परीक्षाको लोड केही हदसम्म घटाउन परीक्षाको फाराम अनलाइनको सफ्टवेयर जडानले मद्दत गर्ने PUCAN का अध्यक्ष शम्भू कुमार दाहालले जानकारी गराउनुभयो । मिडास एजुकेसनका टेक्निकल मेनेजर रबिन्द्र जंग थापाले यस अघि पनि पूर्वान्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापनको सफ्टवेयर हामीले नै डेभ्लोप गरेकोले आज भएको सम्झौता बमोजिमको सफ्टवेयर डेप्लोप ४ महिनाभित्रै हस्तान्तरण गर्ने कोसिसमा छौं । यो सफ्टवेयरबाट विद्यार्थी, कलेज र विश्वविद्यालयलाई परीक्षाको फाराम सम्बन्धी कार्य गर्न सहज हुने, समयको बचत हुने र परीक्षाका कार्यक्रमहरु गर्न समेत सहज हुने वहाँले जानकारी दिनुभयो । स्मरणीय के छ भने विश्वविद्यालयले आफ्नो परीक्षा व्यवस्थापनलाई चूस्त दुरुस्त बनाई समयमा परीक्षा तथा रिजल्ट प्रकाशित गर्न डिजिटलाइजेसन गर्दै आएको छ
प्रतिकृया