स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतद्धारा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन
प्रकाशित मिति
२०८० भाद्र ११ गते, सोमबार ०५:१८
भदौ ११, २०८० काठमाडौँ : आज स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरेका छन । अनुगमनको क्रममा केन्द्रका विभिन्न स्थानको निरिक्षण गर्नुका साथै केन्द्रमा उपचाररत विरामीहरु सँग उपचारका क्रममा भएको समस्याहरुको वारेमा प्रत्यक्षजानकारी समेत लिएका छन ।
यसै क्रममा स्थापना काल देखि हाल सम्म केन्द्रमा उपलब्ध सेवा तथा प्रगति वारेमा प्रस्तुतीकरण गर्दै केन्द्रकाकार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण विरामीहरुलाई सेवा दिन असुविधा रहेको कुरा उल्लेख गर्नु हुँदै उपयुक्त स्थानमा केन्द्रको लागि आवयश्क जग्गा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष आग्रह गरेका थिए ।
शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निरिक्षणका कम्रमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले केन्द्रले राम्रो काम गरिरहेकोमा केन्द्रको कामको साराहान गर्नुका साथै केन्द्रका लागि आवश्यक पूवाृधार विकास तथा गुण्स्तरीय सेवाको सुधारमा सहयोग गर्न आफुसधैं तत्पर रहेको कुरा समेत बताउनु भयो ।
स्थापनाको ११ वर्ष अवधिमा केन्द्रले ११०८ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ ।
प्रतिकृया