• १८:५९ २०८१ बैशाख १ गते
  • 6:59 pm

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार ०४:३२

ramhari khatiwoda 768x458 1 e1679820071124

भदौ ११, २०८० काठमाडौँ : संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।


सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए । उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


नवनिर्वाचित सभापति खतिवडाले भने, ‘यो समितिमा पनि अव हामी सबैको, पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं । म काँग्रेसबाट निर्वाचित भएपनि । यो समिति पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं । मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ । यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्ने भन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने पक्षमा छौं । अब यसको कार्यक्षेत्र धेरै ठूलो छ । विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ । वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ । यो समिति सरकार बिरोधी पनि हुँदैन । र, सरकार पक्षको पनि हुँदैन । समिति समितिका रुपमा अगाडि बढ्छ । सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भुमिका सकारात्मक हुन्छ ।’


नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए ।

प्रतिकृया