• 9:56 am

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०७:३३

९ श्रावण २०८०, काठमाडौं : आजको मौसम केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।


रातिपख भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रतिकृया