• 10:31 am

गगन थापा भन्छन्, दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०२:१६

१८ असार २०८०, काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई राजनीतिक दलहरूसँग शतप्रतिशत अलग गर्नुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक रूपले सचेत रहेको पनि बताए ।


‘दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नैपर्छ,’ थापाले भने, ‘होइन भने यो पाप र अपराधले यति धेरै थिच्छ, हामीले यसबाट मुक्ति पाउँदैनौं ।’


विश्वविद्यालयलाई राजनीतिक दलसँग अलग गर्नुपर्ने थापाको भनाइ छ । ‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि कानून चाहिन्छ, विश्वविद्यालय ऐन ल्याउनुपर्छ। कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्छ।’

प्रतिकृया