• 10:26 am

प्रभासले भाडामा दिए इटलीको घर, रकम थाहा पाउँदा दंग पर्नुहुन्छ

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०१:५१

१८ असार २०८०, एजेन्सी : प्रभास स्टारर आदिपुरुषको चर्चा हिजोआज सबैतिर भइरहेको छ । भारी बजेटमा बनेको उक्त फिल्मका संवाद सुनेर प्रशंसक रिसाएका छन् । फिल्मलाई सबैले फ्लप भएको ट्याग भिराइरहेका छन् । तर बक्स अफिसमा फिल्मले औसत कमाई गरिरहेको छ ।


यसैबीच एउटा खबर यस्तो पनि आएको छ, आदिपुरुषका अभिनेता प्रभासले महंगो दरमा आफ्नो इटलीको घर भाडामा लगाएका छन् । जसको भाडादर सुनेर झट्का लाग्न सक्छ ।


खबरअनुसार प्रभाससँग इटलीमा एउटा आलीशान भिल्ला छ, जसको भाडा मासिक ४० लाख भारतीय रुपैंया छ । प्रभात भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता मध्येका एक हुन् ।


बाहुबली भाग एक र भाग दुई पछि प्रभासका तीन वटा फिल्म आएका छन् । जसमा साहो, राधे श्याम र आदिपुरुष हुन् । जहाँ साहो र राधेश्याम बक्स अफिसमा फ्लप भएका थिए । आदिपुरुष विवादमा फसिरहेको छ ।

प्रतिकृया