• 10:59 am

ललितपुर जिल्ला अदालत अगाडि कानुन व्यवसायी उत्रिए प्रदर्शनमा

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार १२:१५

१८ असार २०८०, काठमाडौँ: ललितपुर जिल्ला अदालतअगाडि कानुन व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो ।


ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भइसकेका छन् ।


सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

प्रतिकृया