• 3:49 am

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि. बीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध बिस्तार सम्बन्धी सम्झौता

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ११:२३

१८ असार २०८०, काठमाडौँ: प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकले विश्वास लिएको छ ।


प्रभु बैंकको तर्फबाट चिफमार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालकातर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखर राजवस्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।


उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रा.लि.को परिसरमा ए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । सम्पूर्ण सर्वसाधारण तथा ग्राहकमहानुभावहरुले वन्डर्स नेपाल प्रा.लि.अन्तर्गत काठमाण्डौको कमलादी स्थित स्काईवाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथैयस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नु हुनेछ । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया