• 9:58 am

बाल्टिमोरमा गोलीबारी: दुई जनाको मृत्यु, २८ घाइते

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ११:०१

१८ असार २०८०, एजेन्सी : अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा एक कार्यक्रममा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।


मेरिल्यान्ड राज्यको दक्षिणतर्फ रहेको ब्रुकलिन होम्स क्षेत्रमा घटना भएको उक्त घटनामा‍ मृत्यु हुनेमा १८ वर्षीय युवती र २० वर्षीय युवक छन् । यस्तै, उक्त घटनामा परी २८ जना घाइते भएको बीबीसीमा उल्लेख छ। ‘ब्रुकलिन डे’ मनाउन जम्मा भएको भीडमा गोली चलेको थियो ।


प्राप्त जानकारी अनुसार त्यहा २०-३० राउन्ड गोली प्रहार गरिएको थियो ।

प्रतिकृया