• 10:48 am

शनिबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०८:३२

१८ असार २०८०, चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुन:सञ्चालनमा आएको छ। सोमबार बिहान तुइनखोलानजिकै पहिरो खसेर अवरुद्ध भएको सडक खुलेको सडक प्रहरीले जनाएको छ।


शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि सोमबार बिहान फेरि अवरुद्ध भएको हो।


तुइन खोला आडमा खसेको पहिरोले सातायता यात्रुले सास्ती खेपिरहेका छन्। केहीबेर सडक खुल्ने र पहिरो खसिहाल्ने भएकाले सडकमा लामो जामसमेत लाग्ने गरेको छ।


बिहान गएको पहिरोमा परी एउटा ट्रक पल्टिएको थियो।पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो। ट्रकका चालक सामान्य घाइते भएका छन्।

प्रतिकृया