• 10:57 am

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार १०:१५

१७ असार २०८०, काठमाडौँ: श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ । उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।


एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।


सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ ।

प्रतिकृया