• 3:47 am

दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ : गगन थापा

प्रकाशित मिति

२०८० असार १६ गते, शनिबार ०४:३३

१६ असार २०८०, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी रुपान्तरणको आवश्यकता औंल्याएका छन् । आज (शनिबार) दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी रुपान्तरणका लागि सबैले आ–आफ्नै ठाउँबाट बदलिन तयार रहेको बताए । कांग्रेसभित्र सुधार र परिवर्तनका लागि आफू पार्टीको सदस्यमात्रै भएर बस्न पनि तयार रहेको बताए ।


‘दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको सदस्य भएर बस्नु मज्जा आउँछ । म त्यो बन्न तयार छ्’ । म त्यो बदलिन तयार छु । बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ,’– उनले भने ।


कांग्रेसलाई बदल्ने अभियानमा जुट्न उनले नेता, कार्यकर्तालाई आग्रह गरेका थिए। ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ’, उनले भने, ‘म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटकपटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’

प्रतिकृया