• 6:40 pm

एनएमबिबैंक लि. र खेतीको सहकार्यमा एनएमबि खेतीकर्जाको शुरुवात

प्रकाशित मिति

२०८० असार १६ गते, शनिबार १२:०८

१६ असार २०८०, काठमाडौँ : एनएमबि बैंकले कागज र धितो बिना नै किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत किसानलाई उक्त कर्जा दिने भएको हो । जसको लागि एनएमबि बैंक र खेतीबीच सम्झौता भएको छ । उक्त सम्झौता शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भएको हो ।


बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो । जसले किसानलाई ऋण लिन सहज हुनेछ ।


बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिनेछ । किसानले अधिकतम् सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।


यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ ।


बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ । त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ ।


एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।

प्रतिकृया