• 4:35 am

आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रकाशित मिति

२०८० असार १६ गते, शनिबार १०:५६

१६ असार २०८०, काठमाडौँ : आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ। हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ।


नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ। यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।


संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन् ।

प्रतिकृया