• 10:17 am

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०९:१३

१५ असार २०८०, काठमाडौँ : हिजाे बिहीबारदेखि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । उक्त सडक अझै खुल्न सकेको छैन । उक्त सडक अझै खुल्न सकेको छैन ।


सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । उक्त पहिरो खसे क्रम भने जारी छ । काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

प्रतिकृया