• 9:41 am

आज असार १५ दही चिउरा खाने दिन, मानो खाएर मुरी उब्जाउने महिना

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०८:४६

१५ असार २०८०, काठमाडौँ : आज असार १५ अर्थात दही चिउरा खाने र धान दिवस मनाइँदै छ । नेपाली समाजमा असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा समेत लिइने गरिन्छ ।


असार १५ किसानहरुका लागि त्यस्तो उत्साह पर्वको दिन हो, जुन दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा समेत खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाइने गरिन्छ ।

प्रतिकृया