• 3:12 am

मदन भण्डारी स्मृति वाटिकालाई कृषि विकास बैंकको आर्थिक सहयोग

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ०४:५०

१४ असार २०८०, काठमाडौँ: कृषि विकास बैंकले मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समितिलाई आर्थिक सहयोग गरेको हो ।


बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिकृया