• 9:24 am

पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु दुःखद् : मुख्यमन्त्री कार्की

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ०३:३७

१४ असार २०८०, काठमाडौँ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताएका छन् । बिहीवार बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्दै उनले पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताए ।


आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । उनले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे ।


कोशी प्रदेश भित्र त्यहीबाट अस्थिरताको खेल शुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।

प्रतिकृया