• 4:32 am

कामना सेवा विकास बैंकले सार्वजनिक बिदामा पनि सेवा प्रदान गर्ने

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ०१:५८

१४ असार २०८०, काठमाडौँ: कामना सेवा विकास बैंकले भोलि (बिहिबार) सार्वजनिक बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै आफ्ना सम्पूर्ण शाखा बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो ।


ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्ने लागेको हो । सरकारले भोलि देशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकरईदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया