• 10:09 am

आज सुन–चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ११:२२

१४ असार २०८०, काठमाडौँ: नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ नै घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।


बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।


बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया