फ्रान्समा १७ वर्षीय युवकलाइ प्रहरीले गाेली हानी मृत्यु भएपछि धेरै ठाउँमा हिंसात्मक प्रदर्शन
प्रकाशित मिति
२०८० असार १४ गते, बिहीबार १०:५९
१४ असार २०८०, काठमाडौँ : फ्रान्सको राजधानी पेरिसमा ट्राफिक चेकजाँचका क्रममा १७ वर्षीय चालकलाई प्रहरीले गोली हानी हत्या गरेपछि लगातार दोस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी रहेको छ । ती किशोरीको नाम नहेल एम रहेको बताइएको छ । उनी गाडी चलाएको केही समयमै दुर्घटनामा परेका थिए । प्रहरीले उनलाई नजिकबाट गोली हानेको बताइएको छ ।
टुलुजमा प्रदर्शनकारीहरूले आगो निभाउन खोजिरहेका अग्निनियन्त्रकहरूमा ढुंगा हानेका छन् । उत्तरी फ्रान्सेली सहर लिलेमा पनि प्रदर्शनकारीको प्रहरीसँग झडप भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पश्चिमी सहर रेनेसमा मारिएका युवालाई श्रद्धाञ्जली दिन करिब ३०० मानिसहरू भेला भएका थिए। तीमध्ये धेरैले आगजनी गर्न थालेसँगै प्रहरीले उनीहरूलाई तितरबितर पारेको थियो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाहेललाई गोली हानेको घटना ‘माफीको योग्य नभएको’ बताएका छन् । तर राष्ट्रपतिको यो भनाइप्रति प्रहरी युनियनले असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले हतारमा प्रहरीविरुद्ध राय बनाएको प्रहरी युनियनको दाबी छ ।
प्रतिकृया