• 10:05 am

सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार १०:३९

१४ असार २०८०, काठमाडौँ: निजी विद्यालयका शिक्षकहरूले कम तलब पाएको गुनासो आएको भन्दै काठमाडौँ महानगरपालिकाले शिक्षकहरूको तलब स्केल निर्धारण गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह ( बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन् ।


बालेनले सार्वजनिक गरेको उक्त तलबमान ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल रहेको बताइएको छ ।


यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम बालेनको उक्त सूचनामा हुने उल्लेख गरिएको छ ।

यस्तो त तलब स्केल:

प्रतिकृया