• 3:45 am

प्रेम गीत ३ डिशहोममा Exclusive प्रदर्शन हुँद

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ०८:२३

१४ असार २०८०, काठमाडौँ : नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा Exclusive प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनुभएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ ।



“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको ह्ख्इम्मा पनि यो चलचित्र उपलव्ध हुनेछ । XVOD मा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । XVOD डिशहोमको सेटटप वक्समा उपलव्ध रहेकाफिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा WIFI Dongle वा Lan Cable जोडेर Internet जोड्नुपर्ने हुन्छ ।



डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारणनेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिकृया