• 3:59 am

आज नेप्से परिसूचक ३५.३७ अंकले घट्याे

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०४:०४

१३ असार २०८०, काठमाडौँ: आज (बुधबार) नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ । नेप्से ३५.३७ अंकले घट्दा नेप्से इन्डेक्स २१५०.९९ विन्दुमा पुगेको हो । नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा सुधार देखिएको छ । आज ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार माथिको कारोबार भएको हो ।


आज ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । आज लाइफ इन्स्योरेन्समा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।


बुधबार सेयर बजार उच्च अंंकले घटेपनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।


त्यस्तै, सामुदायिक लघुवित्त, शुभम पावर कम्पनीलगायत अन्य दर्जनौ कम्पनीको सेयरमूल्यमा सुधार आएको देखिएको छ ।कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ। त्यस्तै, लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्टस्को सेयर पनि आज सर्वाधिक खरिद बिक्रि भएको छ।


त्यस्तै, सोल्टि होटल, एशियन लाइफ, आइएमई प्रुडेन्सियल इन्स्योरेन्स, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन डिष्टलरी, नागरिक लगानी कोष, नेपाल लाइफ र सूर्या ज्योति लाइफको आज सर्वाधिक सेयर खरिद बिक्रि भएको छ ।


बुधबार सेयर बजार उच्च अंंकले घटेसँगै इङ्वा हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर २९४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी होटल, मकर जितुमाया सूरी हाइड्रोपावर लगायत अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिकृया