• 9:39 am

जेष्ठ नागरिक क्लव भवन निर्माणमा सिटिजन्स बैंकको आर्थिक सहयोग

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०३:२२

१३ असार २०८०, काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ज्येष्ठ नागरिक क्लव भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । नेपालगञ्जस्थित निर्माण भइरहेको उक्त भवनको निर्माण सहयोगार्थ उपभोक्ता समितिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।


बैंकले एक लाख एक हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।


बैंकले १८४ वटा शाखा, १४१ वटा ए.टि.एम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया