• 3:11 am

‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र’: प्रधानमन्त्री (पूर्णपाठ)

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०१:२६

१३ असार २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको पनि बताए ।


‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ। संसद र आमजनसमुदायलाई म यही रोस्टमबाट विश्वास दिलाउँछु, यो शुद्धीकरण अब रोकिने छैन,’ उनले भने ।


उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको पनि बताए ।


‘वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ। बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ,’ उनले भने।

प्रतिकृया