• 3:53 am

प्रधानमन्त्री भन्छन्: भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेकाे छु, सशक्त भएर अघि बढ्न अझ बढी जनसमर्थन चाहियो

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार १२:४२

१३ असार २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति जनताको विश्वास बढाएको दाबी गरेका छन् । पछिल्लो समय ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाएसँगै जनतामा सरकारप्रति विश्वास बढाएको उनको भनाइ छ ।


बुधबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा सरकारले लिएको ‘एक्सन’ कमजोर नभएको बताए । उनले ललिता निवास प्रकरणमा पनि दोषीलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


उनले पछिल्लो समय सुशासनका क्षेत्रमा आफूले उल्लेख्य काम गरेको बताए । उनले राजनीतिमा शुद्धीकरणको अभ्यास भइरहेको दाबी गर्दै भने, ‘यो शुद्धीकरणको यात्रा यतिमा मात्रै रोकिन्न ।’


उनले संसदलाई जवाफ दिँदै खेतीका समयमा रासायनिक मलको अभाव नहुने पनि दाबी गरे । उनले देशको आर्थिक स्थिति पनि हल्ला गरेजस्तो खराब नभएको बताएका छन् । आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधार आएको उनको भनाइ छ ।


उनले सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको पनि बताए ।

प्रतिकृया