• 8:52 am

एसीसी यू–१६ इस्ट जोन कप : थाइल्यान्डलाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार १२:१४

१३ असार २०८०, काठमाडौँ: एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा थाइल्यान्डमाथि सानदार जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गरेको हो ।


२७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट भयो । थाइल्यान्डका लागि ईशान बेर्नोजीले १६ र डानुफोनले १२ रन जोडे । थाइल्यान्डका ७ खेलाडी डगआउट भए । थाइल्यान्डलाई प्याक गर्न सन्तोष यादवले फाइफर पूरा गरे। अशोक धामीले ३ तथा अभिषेक तिवारीले २ विकेट लिए ।


टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनायो। नेपालको लागि निरज कुमार यादवले ७४ र नरेनले ४२ रन बनाए। थाइल्यान्डका लागि ईशान बानेर्जी, निटपवाखन मनुवुन र पनुवातले २–२ विकेट लिए ।


यस जितसँगै नेपाल सेमिफाइनलमा पुग्दा थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबार नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल असार १८ गते र फाइनल १९ गते हुनेछ ।


प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । नेपाल, थाइल्यान्ड र मलेसियासँगै समूह ‘ए’ मा रहेको छ। समूह ‘बी’मा भने हङकङ, माल्दिभ्स, इन्डोनेसिया र सिङ्गापुर रहेका छन् ।

प्रतिकृया