• 4:19 am

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ११:२८

१३ असार २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको हाे ।


आज महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउन आग्रह गरेको छ ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।


दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ ।


मेयर बाले शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिएका छन् ।

यस्तो छ बालेन शाहको स्ट्याटस :

प्रतिकृया